सर्वोच्च अदालतको संवैधानिक इजलासमा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ जारी रहेको छ।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताका सम्बन्धमा परेको रिटमाथिको सुनुवाइ शुरू भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामिछानेविरुद्धको रिटमाथि अन्तिम सुनुवाइ भइरहेको हो।
संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा छन्। पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला आउने बताइएको छ।
यसअघि पुस २२ गते बसेको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नगरी मुद्दालाई अग्राधिकार दिने निर्णय सुनाएको थियो।
अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद लामिछानेको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए।
नेपाली नागरिकता त्याग नगरी अमेरिकी नागरिकता लिएको र पुनः नेपालमा नागरिकता लिँदा प्रक्रिया नअपनाएको साथै अमेरिकी राहदानी रहेकै बखत नेपाली राहदानी लिएको आरोप उनीमाथि छ।
मंसिर ४ को निर्वाचनमा चितवन– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा नियुक्त भएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
