मंगलबार संसद् भवन अगाडि आफैँलाई आगो लगाई मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमतीले नानुका आचार्यले देशमा भएको भ्रष्टाचारका कारण आफ्नो मान्छेले ज्यान गुमाउनु परेको बताएकी छन्।
काठमाडौँ- मंगलबार बानेश्वरस्थित संसद् भवन अगाडि आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका आचार्यले देशमा रहेको भ्रष्टाचारका कारण आफ्नो मान्छेले मृत्यु रोज्नु परेको बताएकी छन्।
आचार्य परिवारलाई सहानुभूति दिन पुगेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आचार्यले देशमै केही गर्छु भनेर लागेका आफ्ना श्रीमानले कसैको साथ नपाएको बताइन्।
उनले कोहीले १५ पटक अनुदान पाउँदा आफ्ना श्रीमानले भने फारम भर्नसमेत लाखौँ खर्च गर्नुपरेको बताइन्।
गृहमन्त्रीसँगको भेटका क्रममा आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चितताका लागि शिक्षाको व्यवस्था गर्न तथा आफूलाई सक्ने रोजगारी दिन एवं श्रीमानले लिएको ऋण तिरिदिन आग्रह गरिन्।
उनले भनिन्, “मेरा छोरीको भविष्य, पढाइ सुनिश्चित गरियोस्, मैले सक्ने रोजगारी पनि दिनु, म यो आर्थिक उनले तिर्ने कतितिर छ, यो सक्दिन। राज्यले यसमा सहयोग गरोस्। यो भ्रष्टाचारी देश भएर मेरो मान्छेको ज्यान गयो।”
त्यस्तै, भेटका क्रममा गृहमन्त्रीले मृतक आचार्यले उठाएका मागबारेमा यथेष्ट छानबिन गर्ने प्रतिबद्धता जनाए। उनले आफूबाट भएका कमीकमजोरी पनि नियाल्ने र बाँकी कुरामा पनि गम्भीर भएर लाग्ने बताए।
लामिछानेले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराबाट वाक्कदिक्क भएरै केही गर्नका लागि आफू राजनीतिमा लागेको बताए।
उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरूमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै देशलाई केही गरौँ भन्ने मनसायबाट आएको जिकिर गरे।
गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तले शव बुझेका छन्। मंगलबार आचार्यले आफूमाथि पेट्रोल छर्की आगो लगाएका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
