बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले मंगलबार संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गर्ने इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्ने निर्णय गरेको छ। बुधबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह प्रयास गरेका आचार्यले उठाएका विषय छानबिन गर्न गृह मन्त्रालयले नै तदारुकताका साथ लाग्ने निर्णय भएको बताए। मन्त्रालयले सत्यतथ्य बाहिर ल्याएर छानबिनपछिको निस्कर्षानुसार आवश्यक कदम चाल्ने उनको भनाइ छ।
उनले बुधबार नै छानबिनसम्बन्धी कार्य गृह मन्त्रालयको तदारुकतामा अघि बढाउने र मृतकले भनेका विषयको छानबिनपछि आवश्यक कारबाही गर्ने निर्णय भएको बताए।
"आज नै छानबिनसम्बन्धी कार्य गृह मन्त्रालयको तदारुकतामा अघि बढाउनेछौँ। उहाँ (प्रेमप्रसाद आचार्य)ले भन्नुभएको विषयहरू छानबिनका क्रममा निस्किएपश्चात् त्यसपछि आवश्यक कारबाही गर्ने निर्णय भएको छ। छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सरकारले गर्नेछ", उनले भने।
मंगलबार बानेश्वरस्थित संसद् भवनअघि शरीरमा पेट्रोल फर्केर आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो। उनले व्यापार-व्यवसाय गर्दा आफूले खेप्नु परेको सास्तीबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
