आयोजना निर्माण भएपछि पेट्रोल, डिजेल र मट्टितेल तीनवटै पदार्थ एउटै पाइपलाइनबाट ल्याउन सकिन्छ।
अमलेखगन्ज– नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम शुरू भएको छ।
नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगन्जस्थित डिपोमा पेट्रोल ट्याङ्की, ट्रान्समिक्स ट्याङ्कीलगायत संरचना निर्माण थालिएको हो। एक वर्षमा पुरा गर्ने योजनासहित निर्माण शुरू भएको नेपाल आयन निगम मधेश प्रदेश कार्यालयका प्रमुख प्रदीपकुमार यादवले बताए।
दोस्रो चरणको योजनाअन्तर्गत चार हजार १०० किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्की, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्की, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गरिने छ। त्यस्तै, फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ‘ओडब्ल्युएस सिस्टम’ तथा पीएमसीसी कक्ष निर्माणसमेत यही योजनाअन्तर्गत निर्माण हुनेछ।
लिखिता इन्फास्ट्रक्चरले एक वर्षभित्रमा सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको प्रमुख यादवले बताए। नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन ९आईओसी०ले संयुक्तरूपमा लगानी गरेका छन्। त्यस्तै, पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि ट्रान्समिक्स ट्याङ्की र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्की आईओसीले बनाउँने छ। आईओसीको ७५ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको यादवले बताए।
निगमले एउटा पेट्रोल ट्याङ्की, २४ रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्नेछ। निगमको एक अर्ब ५४ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान छ। २०२३ डिसेम्बरसम्म निर्माण सकिएर २०२४ जनवरीदेखि सञ्चालनमा ल्याउने लक्ष्य छ। त्यसपछि अहिले डिजेल मात्रै आयात भइरहेको पाइपलाइनबाट पेट्रोलसमेत ल्याउन सकिने यादवले बताए।
भण्डारण क्षमता नहुँदा निगमले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ढुवानी गरिरहेको छ। आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुनेछ। “यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्छ”, प्रमुख यादवले भने, “निगमको वार्षिक १५ करोड रुपैयाँ बचत हुन्छ।”
यो आयोजना सम्पन्न भएसँगै अमलेखगन्ज डिपोमा डिजेल र पेट्रोलको भण्डारण क्षमता क्रमशः २४ हजार ८४० किलोलिटर र १६ हजार ६३० किलोलिटर पुग्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
