राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने प्रचलन राजा प्रताप मल्लको पालादेखि चल्दै आएको हो।
काठमाडौँ– राष्ट्रपति भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवणमा सहभागी भएकी छन्।
राष्ट्रपतिले सरस्वती पूजाका अवसरमा सो उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ। यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै चल्दै आएको हो। राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरिन्।
यसैबीच उनले सरस्वतीको पूजासमेत गरेकी छन्। वसन्त श्रवण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको पनि उपस्थिति थियो।
वसन्तपञ्चमीका दिन देशभर सरस्वतीको पूजा आराधना गर्ने परम्परा छ। वसन्त पञ्चमीमा वसन्त श्रवण गरे सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ। यसैदिनदेखि वसन्त ऋतु शुरूआत भएको मानिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
