नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित भएको जनाएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। माघ १५ गतेका लागि तय भएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन्। सूचनामा ‘विशेष कारणवश’ अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको उल्लेख छ।
यसअघि पुस २२ गतेका लागि तय भएको बैठक पटक–पटक सर्दै आएको थियो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल गर्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवाले बैठक डाकेका थिए।
पाँच दलीय गठबन्धन टुटेपछि सभापति देउवा रक्षात्मक बन्दै आएका छन् भने शेखर-गगन समूह आक्रामक रूपमा प्रस्तुत हुँदै आएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
