अध्यक्ष चन्दले स्पट, म्याच फिक्सिङलगायत कुनै खाले भ्रष्टाचारमा क्यानका पदाधिकारीको संलग्नता नरहेको दाबी गरे।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी-२० लिगलाई बचाउन ‘स्पट फिक्सिङ’बारे थाहा पाएर पनि कसैलाई जानकारी नदिएको स्वीकार गरेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी-२० लिगको दौरान नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारी र पूर्वखेलाडी मोहबुब आलमसहित १० जना स्पट फिक्सिङमा संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेपछि अध्यक्ष चन्दले बिहीबार पत्रकार सम्मेनल गर्दै उक्त कुरा स्वीकार गरेका हुन्।
उनले आफ्नै हिसाबले चल्दा बीचैमा लिग बन्द हुने अवस्था आउन सक्ने देखेर कसैलाई स्पट फिक्सिङबारे जानकारी नदिएको तर्क गरे। "एन्टी करप्सन युनिटले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई रिपोर्ट दिइरहेको थियो। यस्तो अवस्थामा नेपाल खेलकुद परिषद् (राखेप) र मिडियामा कुरा चुहाएको भए लिग नै समाप्त हुन्थ्यो, खेलाडीलाई असुरक्षा हुन्थ्यो", उनले स्पष्टीकरण दिँदै भने, "लिगलाई बचाउनका लागि आईसीसीले हामीलाई सीआईबीबाहेक कसैलाई केही नभन्नु भनेको थियो।"
यद्यपि, एन्टी करप्सन युनिटमा उजुरी पर्नेबित्तिकै प्रशिक्षक, कप्तान, व्यवस्थापक र केही खेलाडीलाई सम्बन्धित टिमलाई जानकारी दिएर जिम्मेवारीबाट हटाइएको उनको भनाइ छ। तर, लिग नै समाप्त हुने स्थिति आएपछि आफूहरूले विज्ञप्ति निकालेर शंका लागे गोप्य रूपमा जानकारी दिन आग्रह गरिएको दाबी गरे।
"लिगलाई फाइनसम्म पुर्याउनका लागि क्यान र एन्टी करप्सन युनिटलाई गोप्य रूपमा जानकारी दिन आग्रह गरेका थियौँ। लिग सकिएपछि हामी सबै जानकारी दिएर बाहिर ल्याउने तयारीमा थियौँ", उनले भने।
अध्यक्ष चन्दले स्पट, म्याच फिक्सिङलगायत कुनै खाले भ्रष्टाचारमा क्यानका कुनै पदाधिकारीको संलग्नता नरहेको बताए। उनले यस्ता घटनामा कोही मुछिए कारबाही गर्ने जानकारी दिए।
"सीआईबीबाट नाम नै किटेर यसले फिक्सिङ गर्यो भनेर भनेको छैन। सीआईबीबाट रिपोर्ट आएपछि त्यहीअनुसार अगाडि बढ्छौँ", उनले भने। यद्यपि, आफूहरूले लिग शुरू हुनुभन्दा अगाडि सीआईबीबाट सहयोग मागेको र त्यहीअनुसार ६ जना खटिएको बताए।
"लिगमा हुने अनियमितता रोक्न सीआईबीको सहयोग मागेका थियौँ। सीआईबीले शंका लागेको कुरामा विभिन्न ठाउँबाट केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। उहाँहरूले सहयोग गर्नुभयो", अध्यक्ष चन्दले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
