राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्तिलाई अगाडि सार्न सकिए आगामी दिनमा हुन सक्ने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्न र संविधानको संरक्षणमा सहयोग पुग्ने माओवादी नेता पौडेलको तर्क छ।
काठमाडौँ– सत्तारूढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिएको छ।
बिहीबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्न पार्टीले छलफल गरिरहेको बताएका हुन्।
राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्तिलाई अगाडि सार्न सकिए आगामी दिनमा हुन सक्ने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्न र संविधानको संरक्षणमा सहयोग पुग्ने उनको तर्क छ।
“भोलि हुने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्न, संविधानको संरक्षण गर्न, संसद्को बनोटअनुसार पाँच वर्षसम्म सकुशल लैजान सकिन्छ भनेर कमसेमक राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति पदलाई अगाडि बढाऊँ भन्ने हो“, उनले भने।
उनले भारतमा अब्दुल कालमलाई राष्ट्रपति बनाएको प्रसङ्ग जोड्दै भने, “राष्ट्रपतिमा सम्मानित तथा ख्याती प्राप्त गरेको व्यक्तिलाई ल्याउने संविधानको स्प्रिट हो। त्यो कोर्समा छलफल भएको छ। कोर्स चेन्ज भएको छैन।“ उनले राष्ट्रिय सहमति कायम गर्न नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलसँग छलफल भइरहेको बताए।
उनले नेपाल समाजवादी पार्टीसँग एकताको प्रक्रिया अगाडि बढिरहेको उल्लेख गरे। यद्यपि, नेकपा एकीकृत समाजवादी पार्टीसँग भने छलफल मात्रै भएको अन्य प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ।
उनका अनुसार स्थायी कमिटी बैठक शुक्रबार ११ बजे पुनः बस्ने भएको छ। बिहीबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला राजनीतिक घटनाक्रमबारे संक्षिप्तमा प्रस्तुति दिएको र शुक्रबार अजेन्डाअनुसार छलफल हुने उनले बताए।
“आज सामान्य रिपोर्ट मात्रै भयो। कुनै पनि निर्णय भएन। पार्टी अध्यक्षले यसबीचमा उत्पन्न राजनीतिक परिस्थितिबारे स्थायी समिति सदस्यहरूलाई जानकारी गराउनु भयो। भोलि ११ बजे बसेर अजेन्डाअनुसार छलफल गर्छौँ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
