प्रधानमन्त्री पुष्पकमल दाहालले चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती आफ्नासामु रहेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारणसभालाई सम्बोधन गर्दै अहिले पनि अर्थतन्त्रका परिसूचक राम्रो नभएको बताए। उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको उल्लेख गरे।
“अहिले हामी विशिष्ट अवस्थामा छौँ। आर्थिक रूपले परिसूचकहरू त्यति राम्रो छैन। चिन्ताजनक छन्। यस्तो बेलामा मैले सरकारको नेतृत्व गर्ने अवसर पाएको छु, जसलाई मैले चुनौतीको विषय ठानेको छु”, उनले भने।
प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको स्मरण गरे।
उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री दाहालले आफ्नो यो कार्यकालमा देशमा सुशासन जनताको र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
