प्रतितोला एक हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

काठमाडौँ– सुनको मूल्यमा शुक्रबार गिरावट आएको छ। नेपाली बजारमा सुन प्रतितोला एक हजार १०० रुपैयाँले घटेको हो।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार भने हालसम्मकै उच्च मूल्य एक लाख छ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख पाँच ३०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने यथावत् छ।

चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।