बेलायतको प्रधानमन्त्रीमा बोरिस जोनसनसहित तीन दाबेदार

बेलायतको प्रधानमन्त्रीको दौडमा पूर्वप्रधानमन्त्री बोरिस जोनसन, ऋषि सुनाक र बेलायती हाउस अफ कमन्सकी सभामुख पेनी मरडन्ट छन्।

बोरिस जोनसन

बेलायतको प्रधानमन्त्री पदबाट लिज ट्रेसले राजीनामा दिएपछि पुनः हुन लागेको चुनावमा तीन दाबेदार देखिएका छन्। प्रधानमन्त्रीको दौडमा ऋषि सुनाक, पूर्वप्रधानमन्त्री बोरिस जोनसन र बेलायती हाउस अफ कमन्सकी सभामुख पेनी मरडन्ट छन्।

यसअघि पनि बेलायतको प्रधानमन्त्रीका लागि उम्मेवार बनेका सुनाकले त्यतिबेला हार बेहोरे पनि पुनः चुनावी दौडमा आएका हुन्। ६ साताअघि प्रधानमन्त्री चुनिएकी लिज ट्रसले राजीनामा दिएपछि पुनः प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्ने भएको हो।

राजीनामा दिए पनि नयाँ प्रधानमन्त्री चयन नहुँदासम्म उनले नै भूमिका निर्वाह गर्ने छिन्। लिज २४ अक्टोबरपछि पदबाट बाहिरिने छिन्। त्यतिबेलासम्म बेलायतको नयाँ प्रधानमन्त्री निर्वाचित हुने छन्।