राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले रिक्त रहेको उपाध्यक्ष पदका लागि माघ २३ गते सोमबार ११ बजेर ५९ मिनेटमा निर्वाचन गर्ने गरी मिति तोकेका छन्।
काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले रिक्त अवस्थामा रहेको राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि निर्वाचनको मिति तोकेका छन्। शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा उनले उपाध्यक्ष पदका लागि माघ २३ गते सोमबार निर्वाचनको मिति तोकेका हुन्।
“राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका लागि २०७९ माघ २३ गते सोमबारका दिन बिहान ११ बजे ५९ मिनेटको समय तोकेको छ”, उनले भने।
उनले उपाध्यक्षको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न संघीय संसद्का महासचिव डा. भरतराज गौतमलाई निर्देशनसमेत दिए।
शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएयता राष्ट्रियसभा उपाध्यक्ष पद रिक्त रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
