आठ 'ए' डिभिजन क्लबको सहभागिता रहने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ।
काठमाडौँ– फागुन दोस्रो सातादेखि काठमाडौँमा आयोजना हुने केपी ओली कपको विजेताले १० लाख रुपैयाँ पाउने भएका छन्। आठ 'ए' डिभिजन क्लबको सहभागिता रहने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउने आयोजक राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
काठमाडौँ उपत्यकाको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपीएफको खेल मैदानमा हुने प्रतियोगिताको उपविजेताले ५ लाख पाउने छन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख पाउने छन्।
उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले जनही ५० हजार पाउने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रत्येक खेलको विजेता टोलीले २५ हजार हजार पाउने छन्। म्यान अफ द म्याच खेलाडीलाई भने १५ हजार दिइने आयोजकले जनाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सामग्री र प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म चल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
