क्यानले राष्ट्रिय टोलीबाट लामो समय बाहिर रहेका शरद भेषवाकर, कुशल मल्ल र कमलसिंह ऐरीलाई पनि बन्द प्रशिक्षणमा बोलाएको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडीलाई बोलाएको छ। क्यानले शुक्रबार घरेलु मैदानमा आयोजना हुने आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि उनीहरूलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डले सहभागिता जनाउने छन्। क्यानले राष्ट्रिय टोलीबाट लामो समय बाहिर रहेका शरद भेषवाकर, कुशल मल्ल र कमलसिंह ऐरीलाई पनि बन्द प्रशिक्षणमा बोलाएको छ।
यस्तै, घरेलु क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका लेग स्पिनर मौषम ढकाल, ब्याट्सम्यान अंकित सुवेदी, सन्दीप जोरा, सिद्धान्त लोहनी, सूर्य तामाङ र भुवन कार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाएको छ।
तर, निलम्बित कप्तान सन्दीप लामिछानेलाई भने बन्द प्रशिक्षणमा बोलाइएको छैन। नेपालले सिरिजको पहिलो खेल नामिबियासँग फेब्रुअरी १४ मा खेल्ने छ। यस्तै, दोस्रो खेल सक्टल्यान्डसँग फेब्रुअरी १७ मा नेपालले खेल्ने छ। फेब्रुअरी १८ मा नेपालले नामिबिया र २१ मा पुनः स्कटल्यान्डसँग खेल्ने छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
