रवि लामिछानेले सर्वोच्च अदालतको आदेशपछि आफू अनागरिक बनेको टिप्पणी गरेका छन्।
काठमाडौँ– सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले आफूले आदेशलाई स्वीकार गर्ने बताएका छन्। पदमुक्त भएपछि गृहमन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
उनले सर्वोच्च अदालतको फैसलापछि आफू अनागरिक बनेको टिप्पणी गरे। उनले परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्दै हुनुहुन्छ भन्दै सञ्चारकर्मीसँग व्यङ्ग्यसमेत गरे।
“सर्वोच्चको फैसलालाई स्वीकार र स्वागत गर्छु। एउटा अनागरिकले के गर्छ मैले बुझेको छैन,” उनले भने, “अदालतभन्दा माथिल्लो कुनै निकाय छैन। अब अध्यक्ष रहिनँ।अहिले प्रश्न कसलाई सोध्नुभएको परिचय नभएको अनागरिक भइसकेपछि।”
सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नेपाली नागरिकता विवादसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै सांसद पद खारेज गरेको थियो। योसँगै उनको सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री पदका साथै रास्वपा सभापति पद पनि गुमेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
