युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले भ्रष्टाचारविरुद्ध ‘सख्ती’ देखाउने संकेत गरेसँगै युक्रेनभर राजीनामा दिने कर्मचारीको संख्या बढेको छ।
युद्धग्रस्त युक्रेनमा पछिल्लो समय सरकारी कर्मचारी बर्खास्तीमा पर्ने र राजीनामा दिने क्रम बढेको छ।
हालै युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको कार्यालयका उपप्रमुख किर्येलो तिमोशेन्कोले पदबाट राजीनामा दिएका हुन्। उनीसहित राजीनामा दिने र बर्खास्तमा पर्ने कर्मचारीको संख्या ११ पुगेको बीबीसीले उल्लेख गरेको छ। पदबाट बाहिरिनेमा पाँचजना क्षेत्रीय गर्भनरहरू पनि छन्।
उनीहरूको राजीनामासँगै युद्धग्रस्त युक्रेनमा सरकारको सहयोग गर्नुको साटो यी कर्मचारीले किन राजीनामा दिए? किन बर्खास्त भए भन्ने विषय चर्चामा छ। एक पत्रकारले गरेको खोजमूलक समाचारले युक्रेनमा व्याप्त भ्रष्टाचारको जालोलाई सतहमा ल्याइदिएको हो।
युक्रेनस्का प्राभ्दा नामक वेबसाइटका खोज पत्रकार मिखाइलो तकाचले युक्रेनमा युद्ध शुरू भएयता भ्रष्टाचार, घुस र अनियमिततामा सरकारी कर्मचारीको संलग्नता बारेको खोजमूलक समाचार लेखेका थिए। पत्रकार तकाचले युक्रेनी वरिष्ठ अधिकारीका एक निजी प्रशिक्षकको कम्पनीले युक्रेनमा युद्ध शुरू भएयता लाखौँ पाउन्ड घुस लिएको र राष्ट्रपति कार्यालयका उपप्रमुखसमेत यस्तै काममा संलग्न भएकोबारे समाचार लेखेका थिए। पत्रकारले समाचारमा दाबी गरेजस्तै भ्रष्टाचारको विषय बिस्तारै सतहमा आउन थालेपछि युक्रेनी कर्मचारी बर्खास्त हुने र राजीनामाको क्रम बढेको हो।
त्यस खोजमूलक रिर्पोटिङको दुई महिनापछि राष्ट्रपति कार्यालयका उपप्रमुख तिमोशेन्कोको राजीनामा आएको हो। यसले उनीमाथिको आरोपलाई थप बल पुर्याएको छ।
तकाचले समाचारमा उपप्रमुखको परिवार एक चर्चित जग्गा व्यापारीको विशाल ‘म्यानसन’ बसाइँ सरेको दाबी गरेका थिए। साथै, उपप्रमुख तिमोशेन्को केही महिनासम्म बहुमूल्य कार ‘पोर्सा’ चढेको भिडियो फुटेजसमेत पत्रकारले सार्वजनिक गरेका थिए।
युद्धका बेला पनि सामान्य जागिरे उपप्रमुख धनाढ्य व्यक्तिजस्तो रवाफमा बसेको विषयले धेरैलाई आश्चर्यमा पारेको थियो छ। तर उनले आफूमाथिको आरोपको खण्डन गरेका थिए।
यस्तै, एक मन्त्रीले ३ लाख पाउन्ड घुस लिएको, सांसद र अन्य सरकारी कर्मचारीसमेत घुस र भ्रष्टाचारमा संलग्न भएकोबारे समाचारमा भनिएको छ, “स्रोत नखुलेको रकम वा सम्पत्ति उनीहरूले आफ्ना नजिकका व्यक्तिको नाममा दर्ता गरेका छन्। सबै सरकारी कर्मचारीका सम्पूर्ण कदमबारे समाजलाई स्पष्ट पार्नुपर्ने बेलामा यस्तो हुनु अपारदर्शिताको संकेत हो।”
सबै मुलुकमा भ्रष्टाचार व्याप्त रहेकाले यसबारको प्रतिक्रिया निकै महत्त्वपूर्ण हुने ती पत्रकारको भनाई छ।
भ्रष्टाचारबारेको विषय सतहमा आएपछि राष्ट्रपति जेलेन्स्कीले भ्रष्टाचार विरोधी कडा कदम चालिरहेका छन्। यसैकारण कर्मचारी बर्खास्त हुने क्रम बढेको र केहीले विवादबाट बच्न विभिन्न कारण देखाएर राजीनामा दिइरहेको बीबीसीले उल्लेख गरेको छ।
युद्ध लम्बिइरहँदा राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारणको विश्वास जित्न चाहेका छन् तर सरकारी कर्मचारीमाथिका गम्भीर आरोपका कारण उनले थप खराब परिस्थितिको सामना गरिरहेको बीबीसीको भनाइ छ।
भ्रष्टाचार विरोधी कदमबारे बोल्दै राष्ट्रपति जेलेन्स्कीले फाइनान्स टाइम्सलाई भनेका छन्, “ विभिन्न तहका कर्मचारी र मन्त्री तथा अन्य सरकारी निकाय र कानून कार्यान्वयन प्रणालीबारे हामीले सांगठनिक निर्णय लिएका हौँ।” राजीनामा दिने कर्मचारीहरूबारे बोल्दै जेलेन्स्कीले भनेका छन्, “अहिले आराम चाहनेहरूले सार्वजनिक सेवा बाहिर रहेका आराम गर्नेछन्। यी अधिकारीहरू छुट्टीमा विदेश भ्रमणमा जान पाउनेछैनन् र अन्य गैरसरकारी उद्देश्यका कुनै काम गर्न पाउनेछैनन्।”
भ्रष्टाचार विरोधी कदम चाल्न ती पत्रकारले सोमबार राष्ट्रपतिलाई खुला पत्र समेत लेखेका थिए। हाल भ्रष्टाचार विरोधी राष्ट्रपतिको कदमलाई उनले सकारात्मक भनेका छन्।
युद्धका क्रममा युक्रेनले लिइरहेको अर्बौं डलरको सैन्य, मानवीय र आर्थिक सहायताबारे जिम्मेवारी, छानबिन तथा अनुसन्धानको खाँचो छ। नत्र सहायता बापतको रकम गलत हातमा पुर्याउने बीबीसीले लेखेको छ।
३१ वर्ष अघि युक्रेन स्वतन्त्र हुँदादेखि नै त्यहाँको सार्वजनिक सेवा र राजनीतिमा भ्रष्टाचार व्याप्त रहेको बीबीसीले उल्लेख गरेको छ।
सन् २०१४ मा भएको क्रान्तिपछि मस्कोको पक्षधर सरकारलाई पाखा लगाउँदै जनताले प्रजातन्त्रको पक्षमा उभिने चाहना राखेका थिए। त्यसयता युक्रेनमा विभिन्न सुधारका काम समेत भए। उल्लेख्य सुधारपछि युक्रेनले निरन्तर रूपमा पश्चिमा राष्ट्रहरूको समर्थन प्राप्त गर्दै आएको छ।
त्यसपछि भ्रष्टाचार विरोधी नयाँ निकायसमेत बने, सरकारी खर्चका लागि नयाँ प्रणाली लागू गरिए, नयाँ प्रहरी बल गठन भयो भने राजनीतिक नेताहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने बाध्यकारी नियम समेत ल्याइएको बीबीसीले लेखेको छ।
युक्रेनी सांसद यारोस्लाभ युर्चिशेन भन्छन्, “हामीले नतिजा ल्याउन चाहन्थ्यौँ। विगतको भ्रष्टाचारबाट बचेको केही भाग थिए हामीसँग। तर अहिले भने हामी चुप बस्नेछैनौँ। अर्को कदम भनेको भ्रष्टाचार नियन्त्रण नै हो।” उनी थप्छन्, “पश्चिमा साझेदारहरूलाई थाहा छ हामी दुईवटा युद्ध लडिरहेका छौँ। एउटा रुससँग र अर्को भनेको युक्रेनको भविष्यका लागि आन्तरिक युद्ध।”
-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
