रास्वपाको शुक्रबार साँझ बसेको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएको छ।
शुक्रबार साँझ बसेको पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो। अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत हुन्। नागरिकता विवादसम्बन्धी मुद्दामा पार्टी सभापति रवि लामिछाने पदमुक्त भएका थिए।
गृहमन्त्रीसमेत रहेका लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै शुक्रबार सर्वोच्च अदालतले फैसला गरेपछि सांसद र मन्त्री पदसँगै पार्टी सभापतिको पद पनि गुमेको थियो। यस्तै रास्वपाले पार्टीका सबै गतिविधि स्थगित गरेको छ।
सातै प्रदेश समितिहरूको विस्तारित बैठकलगायतका कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
