निसीखोला गाउँपालिकाले रोल्पा, रुकुम र प्युठानसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका पर्यटकीय गन्तव्यको गुरुयोजना बनाउन थालेको छ।
ढोरपाटन– समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बागलुङको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन्। तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा ती गन्तव्य ओझेलमा छन्।
स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुन थालेको छ। प्रचारको अभावमा ओझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि निसीखोला गाउँपालिकाले सक्रियता देखाएको छ। पालिकाभित्रका सम्भावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्न गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ। रोल्पा, रुकुम र प्युठानसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका महत्त्वपूर्ण गन्तव्यको पहिचान र प्रचार गरी पूर्वाधार निर्माण गर्न थालेको छ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि ओझेलिएका गन्तव्यमा पहुँच पुगेको छ। धार्मिक तथा पर्यटकीयस्थलको गुरुयोजना बनाउने र तिनीहरूको प्रचार र विकासको काम शुरू भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए। “निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, कति हामीले पहिचान गरेका छौँ, कति पहिचान गर्न बाँकी छन्, पहिचान र प्रचारको लागि निरन्तर लागिरहेका छौँ, पहिचान भइसकेका स्थलमा पूर्वाधार निर्माण गर्ने र प्रचार गर्ने कार्यमा जुटेका छौँ।”
पूर्वी रुकुमसँग जोडिएको रिगताल, रोल्पासँग जोडिएको जन्ते ढुंगा, प्युठानसँग जोडिएको नांगे धुरी, कोठेभिरलगायत पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचारमा जुटेको अध्यक्ष घर्तीमगरको भनाइ छ। वडा नं ६ मा पर्ने रिगताल, वडा नं ३ को नौ बहिनी छहरा, वडा नं ५ को कोठेभिर, वडा नं ६ को साइलीमाइली झरना, वडा नं ७ को नरसिंहकोट, वडा नं २ को अर्नाकोट, वडा नं ५ को निसेलढोर, वडा नं ३ स्थित बराह मन्दिर निसीखोला गाउँपालिकाका प्रमुख गन्तव्य हुन्।
यी स्थानको गुरुयोजना तयार पारेर काम थालिएको अध्यक्ष घर्तीमगरले बताए। गाउँपालिकावासीको पर्यटनबाटै जीवनस्तर उकास्न सकिने भएकाले त्यसको जग तयार गर्न लागिरहेको अध्यक्ष घर्तीमगरको भनाइ छ। “भर्खरै यसबाट नतिजा नआउन सक्छ तर बिस्तारै नतिजा आउनेमा हामी विश्वस्त छौँ”, उनले भने, “यहाँका नागरिकको जीवनस्तर पर्यटन व्यवसायबाटै उकास्ने कोसिसमा छौँ।”
पर्यटन प्रवर्द्धनका लागि २५ लाखभन्दा बढी बजेट विनियोजन भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए। पर्यटकीय ठाउँमा संरचना निर्माणका लागि प्रदेशमा पनि बजेट माग भएको उनले बताए।
नरसिंहकोटमा अहिलेसम्म मन्दिर निर्माण, सत्तल, पदमार्गलगायतका काम भइसकेका छन्। अब पर्यटक आकर्षणका लागि संरचना तयार गरिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
