पहिलो चरणमा २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट विवरण संकलन गर्ने काठमाडौँ महानगरको योजना छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आइतबारदेखि नौ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गर्ने भएको छ।
पहिलो चरणमा २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट विवरण संकलन गर्ने जनाएको हो। क्रमशः ३२ सै वडाबाट उक्त सुविधा उपलब्ध गराउन महानगरले राष्ट्रिय पञ्जीकरण विभागसँग छलफल गरिसकेको प्रवक्ता नवीन मानन्धरले बताए।
निश्चित स्थानमा मात्र वितरणको व्यवस्था हुँदा समयमा नै परिचयपत्र प्राप्त गर्न नसकेको गुनासो आउने गरेको थियो। सोही गुनासो सम्बोधन गर्न वडा कार्यालयबाट वितरणको तयारी गरेको हो। यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट मात्रै वितरण गरिँदै आएको थियो।
सरकारले नागरिकको पहिचानलाई डिजिटल पहिचान गर्न र जैविक पहिचानलाई एकीकृत गर्न राष्ट्रिय परिचयपत्रको प्रबन्ध गरेको छ। सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, कर प्रणाली, राहदानीजस्ता सेवा यससँग आबद्ध हुने भएकाले सेवा वितरण र व्यवस्थापनमा यसबाट सहज हुन्छ।
विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाणपत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिन्छ। नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइ दर्ताको प्रमाणपत्र सक्कलप्रति लैजानुपर्छ।
नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले उक्त परिचयपत्र लिनसक्ने व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
