सरकारले सञ्चालन गरेको डेटा सेन्टरमा नेपालबाट अत्यधिक ट्राफिक आउँदा सरकारी वेबसाइटमा समस्या आएको छ।
काठमाडौँ– नेपाल सरकारले सञ्चालन गरेका वेबसाइटहरू डाउन भएका छन्। अध्यागमन विभागसहित सरकारले सञ्चालन गरेका वेबसाइटमा शनिबार समस्या आएको हो।
डेटा सेन्टरमा नेपाल बाहिरबाट अत्यधिक ट्राफिक आएका कारण सरकारी वेबसाडइट डाउन भएका राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ। प्राविधिक टोलीले समस्या समाधानको प्रयास गरिरहेको केन्द्रले जनाएको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलका अनुसार डेटा सेन्टरमा नेपाल बाहिरबाट अत्यधिक ट्राफिक आएका कारण सरकारी वेबसाइट खुल्न समस्या भइरहेको छ। "सरकारको डेटा सेन्टरको फायर वालमा बाहिरबाट अत्यधिक ट्राफिक आएको छ। प्राविधिकको टोली समाधानको प्रयास गरिरहेका छन्", उनले भने।
अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएको छ। त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डियालगायत अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन्। उडान अवरुद्ध हुँदा विमानस्थलमै यात्रु अलपत्र परेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
