एमालेका उपाध्यक्ष सुवास नेम्वाङले मुलुकमा देखा परेका समस्यालाई समाधान गर्न राजनीतिक दलहरू र त्यसको नेतृत्व समक्ष रहेको बताएका छन्।
काठमाडौँ– सत्तारूढ नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले देशको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधानअन्तर्गत नै हल गरेर अघि बढ्न आफूहरू सक्षम रहेको पटक पटक दोहोर्याए।
"सर्वोच्च अदालतको फैसलाले अहिले हाम्रो गृहमन्त्री उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो नि! के हुन्छ? यी सबै घटनाक्रमहरूलाई स्वाभाविक रूपमा लिएर जनताले बनाएको यो संविधानअन्तर्गत राजनीतिक दलले यसलाई एउटा टुंगोमा पुर्याउन सक्षम छौँ", उनले भने, "यसमा अलिकति पनि आत्तिनुपर्ने, चिन्ता गर्नुपर्ने कुरा छैन।"
शहीद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैँले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याए।
संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरूले आफ्नो बुद्धि, विवेक र क्षमता प्रदर्शन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो। उनले मुलुकमा देखा परेका समस्यालाई समाधान गर्न राजनीतिक दलहरू र त्यसको नेतृत्व समक्ष रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
