एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पक्षमा नबोल्ने नेताहरूले टिकट नदिएको स्पष्ट पारेका छन्। उनले आगामी दिनमा योग्यता, क्षमता र योगदानका आधारमा हरेकलाई अवसर दिने बताए।
काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टिकट पाइन भनेर कुनै पनि नेताहरूले रुवाबासी गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन्।
शनिबार पाटनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरूलाई टिकट नदिएर सो अवसर अरूलाई दिइएको स्पष्ट पारेका हुन्। भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरूले सधैँ टिकट पाउनुपर्ने छ र ? भनी प्रश्नसमेत गरे।
"पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन। पार्टीको हितमा एक शब्द बोलेको होइन। आन्दोलनको हितमा एक शब्द बोलेको होइन। अरू-अरू ठाउँमा तमासा देखाइएको छ। त्यस्तो मान्छे एकाधले पाएन। स्वभाविक हो नि! पालो गर्नु पर्दैन?" उनले भने।
आवश्यकताभन्दा बढी अवसर पाएकाहरू फेरि पनि अवसरको पछि कुदेको भन्दै अध्यक्ष ओलीले त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने भनाइ राखे। उनले आगामी दिनमा योग्यता, क्षमता र योगदानका आधारमा हरेकलाई अवसर दिने प्रतिबद्धतासमेत व्यक्त गरे।
"सकेसम्म सबैलाई यथोचित ढंगले योग्यता, क्षमता र योगदान सबै चिजको इतिहासको कदर गरेर जिम्मेवारी दिने परिपार्टी, मूल्यांकनको आधारमा जिम्मेवारी दिने परिपार्टी बसालिनेछ। विगतमा कमीकमजोरी भए भने सच्याएर अघि बढन सकिन्छ," उनले भने।
अध्यक्ष ओलीले मंसिर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गरेका छन्। उनले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको बताए।
"अब परमादेश होइन खासगरी, जनादेशमार्फत बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसिर ४ गतेको निर्वाचनबाट गर्दैछौँ," उनले भने।
अध्यक्ष ओलीले परमादेशी सरकार बनाउने गम्भीर गल्ती विगतमा गरे पनि अब न्यायालयले त्यस्तो खालको गल्ती नगरोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
