नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीलाई रिहाइ नगरेसम्म सरकारमा सहभागी नहुने अडान लिएको छ।
काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताएको छ। सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी लगायतका टीकापुर घटनाका बन्दीलाई रिहाइ नगरेसम्म सरकारमा सहभागी नहुने बताउँदै आएको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी हुन्।
शनिबार बुटवलमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जाने बताइन्।
आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको पनि अध्यक्ष श्रेष्ठको प्रष्टीकरण थियो।
"सुदूरपश्चिम सरकारलाई पनि हाम्रो माग, मुद्दा सम्बोधन भएपछि मात्रै विश्वासको मत दिन्छौँ भन्ने हाम्रो कुरा हो। त्यसो भएन भने हामी बैठक बसेर आवश्यक निर्णय गर्छौं", उनले भनिन्, "माग सम्बोधन नभई हामी संघ र प्रदेश कुनै पनि ठाउँमा सरकारमा जाने पक्षमा छैनौँ।"
अध्यक्ष श्रेष्ठले टीकापुर घटनामा निर्दोष रहेका आफ्ना पार्टीका नेता-कार्यकर्तालाई जेलमुक्त गर्ने काममा ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिइन्।
कलाकार गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश
सोही कार्य्रकममा कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। उनलाई अध्यक्ष श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन्। उनले उद्देश्य एकदमै राम्रो लागेकाले नागरिक उन्मुक्तिमा पार्टीमा प्रवेश गरेको बताइन्। आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पार्टीमा आफू आवद्ध हुन पुगे उनले धारणा राखिन्।
"यो पार्टीको उद्देश्य एकदमै राम्रो छ। उहाँहरूले गरिरहेको गतिविधिबाट म अत्यन्तै प्रभावित भएँ। मेरो पनि उद्देश्य बच्चादेखि लिएर वृद्धसम्मलाई लिएर उनीहरुको शिक्षा, स्वास्थ्यलाई लिएर म ध्यानाकर्षणमा राखिराखेको हुन्थेँ। मेरो मिसनलाई पूरा गर्न पनि अव सहज हुने भयो यो पार्टीमा आएपछि", उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
