काठमाडौँमा अस्वस्थ्यकर तरिकाले कुखुराको मासु ढुवानी गर्ने गरेको भेटिएको छ। काठमाडौँ महानरपालिकाले अनुगमनका क्रममा जिउँदो कुखुरा ढुवानी गर्ने गाडीमा काटेको मासु ढुवानी गर्दै गरेको भेटाएको हो।
काठमाडौँ- काठमाडौँका होटल, रेस्टुरेन्ट, मासु पसल र केही बर्गर हाउसमा वितरण गरिने मासु अस्वस्थ्यकर ढंगले ढुवानी हुने गरेको भेटिएको छ। काठमाडौँ महानगरपालिकाको अनगुमन टोलीले गरेको अनुगमनका क्रममा चुच्चेपाटीमा जिउँदो कुखुरा बोक्ने गाडीमै कुखुराको काटेको मासु ढुवानी गर्दै गरेको भेटिएको हो।
प्र. ३-०१, ०२३ च २३८७ नं. को दोलखाली कोल्ड स्टोरको गाडीमा २०० वटा भुत्ला फालिएका सिंगै कुखुरा, २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र ७ केजी पांग्रा राखिएको थियो। गाडीका चालक कवीर सुनारका अनुसार कपनको दोलखाली फ्रेस हाउसबाट ल्याएको मासु होटल, रेस्टुरेन्ट, मासु पसल र केही बर्गर हाउसमा वितरण गर्ने तयारी थियो। हिजोसम्म ढुवानी गरेको कोल्डचेन मेन्टेन भएको गाडी दुर्घटनामा परेपछि खुला रूपमा मासु ढुवानी गरेको सुनारले बताए।
अनुगमन टोलीका संयोजक डा. अवधेश झाका अनुसार अस्वस्थ्यकर तरिकाले ढुवानी गरिरहेको अवस्थामा भेटिएको उक्त मासु बिक्री गर्न रोक लगाइएको छ। त्यस्तै, महानगरले पशु सेवा विभागलाई पत्राचार गरेर परीक्षणका लागि अनुरोध गरेको छ। परीक्षणका क्रममा मासु अस्वस्थ्यकर देखिएमा कारबाहीको प्रक्रिया अगाडि बढ्नेसमेत उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
