पोखरामा युवाद्वारा आत्मदाहको प्रयास

पोखरा–१३ काहुँखोलामा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। 

पोखरा– पोखरामा एक युवाले आत्मदाहको प्रयास गरेका छन्।

पोखरा–१३ काहुँखोलामा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

शरीरमा पेट्रोल छर्किएर आगो लगाएका क्षेत्रीको उद्धार गर्न खोज्दा घरबेटी संगीता सापकोटासमेत जलेर घाइते भएको प्रहरीले जनाएको छ। दुवैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमिल्सिनाले जानकारी दिए।

क्षेत्रीले किन आत्मदाहको प्रयास गरे भन्ने अनुसन्धान भइरहेको तिमिल्सिनाले बताए।