रास्वपा सभापतिमा रवि लामिछाने

आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिएको हो।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेलाई सभापतिको जिम्मेवारी दिएको छ‍। 

आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिएको पार्टीका एक सदस्यले जानकारी दिए।

सर्वोच्चले अदालतले लामिछानेको नागरिकता कानूनी रूपमा कायम नरहेको फैसला गरेपछि यसअघि पार्टी सभापति रहेका उनी पदमुक्त भएका थिए। आइतबार जिल्ला प्रशासन कार्यालयले उनको नागरिकताको प्रमाणपत्र कायम गरेपछि उनी पुनः सभापति बनेका हुन्।