अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री नुल्यान्ड दुई दिने भ्रमणका लागि आइतबार साँझ नेपाल आइपुगेकी हुन्।
काठमाडौँ- अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल आएकी छन्।
अमेरिकी विदेश मन्त्रालयकी राजनीति मामिला हेर्ने उपविदेशमन्त्री नुल्याण्ड दुई दिने भ्रमणका लागि आइतबार साँझ नेपाल आइपुगेकी हुन्।
नेपालमा नयाँ सरकार गठन भएलगत्तै यो उच्चस्तरीय अमेरिकी प्रतिनिधिको पहिलो नेपाल भ्रमण हो।
उपविदेशमन्त्री नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहित विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका छ।
नेपाल-अमेरिका बीचको दौत्य सम्बन्धलाई थप सुदृढ गर्न उपविदेशमन्त्री नेपाल भ्रमणमा आएको नेपालस्थित अमेरिकी दूताबासले जनाएको छ।
यद्यपि, चीन र भारतजस्ता ठूला छिमेकी राष्ट्रहरूको बीचमा रहेकाले पनि नेपालको भूराजनीतिक महत्त्व रहेको भूराजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेको भनाइ छ। उनले भने, “नेपालको नयाँ सरकारसँग कूटनीतिक, राजनीतिक सम्बन्ध बिस्तार र राजनीतिमा उच्चस्तरीय संगत बढाउनका लागि अमेरिका इच्छुक देखिएको संकेत हो यो। नयाँ सरकारसँग हाई लेभल पोलिटिकल सम्बन्ध र आफ्नो प्रभाव देखाउन पनि भ्रमण महत्त्वपूर्ण हुनेछ। विशेष गरी नेपालमा एमसीसी परियोजना कार्यान्वयन र आफ्नो कूटनीतिक प्रभाव बिस्तारका लागि यो भ्रमण महत्त्वपूर्ण छ। रणनीतिक र भूराजनीतिक दृष्टिले लाभ लिनका लागि विगतमा हुने गरेका भ्रमणहरूको शृंखलाको कडी समेत हो यो भ्रमण।”
नुल्याण्ड नेपाल, भारत, श्रीलंका तथा कतारको भ्रमणमा निस्किएकी हुन्। अमेरिकी डिपार्टमेन्ट अफ स्टेट (विदेश मन्त्रालय)को विज्ञप्ति अनुसार नुल्याण्ड लाई नेपाल–अमेरिका सम्बन्धको विस्तृत अजेन्डामा छलफल गर्ने अधिकार छ। उनले नेपालसँगको अमेरिकी साझेदारी र नयाँ सरकारसँग व्यापक अजेन्डामा कुराकानी गर्ने बताइएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार नुल्याण्ड जनवरी २८ देखि फेब्रुअरी ३ सम्मका लागि भ्रमणमा निस्किएकी हुन्। नेपालबाट उनी भेटघाटकै क्रममा नयाँ दिल्ली जाने कार्यक्रम छ। त्यस्तै, उनी भारत हुँदै श्रीलंका र अन्तिममा कतारको भ्रमण जाने कार्यक्रम छ। नुल्याण्डले त्यहाँ द्विपक्षीय रणनीतिक विषयमा छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। साथै, अफगानिस्तानका नागरिकहरूको सुरक्षाको पाटोबारे पनि कतारसँग छलफल गर्ने तयारी छ।
नुल्याण्डले भारत भ्रमणका क्रममा अमेरिका–भारतको विदेश परामर्श कार्यालयको नेतृत्वमा द्विपक्षीय, क्षेत्रीय र अन्य विश्वव्यापी अजेन्डामा छलफल गर्नेछिन्। साथै, उनले भारतका प्राविधिक क्षेत्रका युवा नेतृत्वहरूलाई समेत भेट्ने कार्यक्रम छ।
यस्तै, उनले श्रीलंकासँग अमेरिकी कूटनीतिक सम्बन्ध बिस्तारको ७५ औँ वार्षिकोत्सवका अवसरमा विविध विषयमा छलफल गर्नेछिन्। त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँगको भेटमा उनले आर्थिक स्थायित्व, मानवअधिकारको रक्षा र मेलमिलापका लागि श्रीलंकाको प्रयासमा साथ दिने प्रतिबद्धता समेत जनाउनेछिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
