आज शनिबार, दिनको अन्त्यसम्ममा देशभरी के कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौं।
उकालो चढ्दैगर्दा
आज शनिबार, दिनको अन्त्यसम्ममा देशभरी के कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौं।
गत भदौमा नेवा समुदायको आस्थामाथि चोट पुर्याउने गरी व्यंग्य गरेको भन्दै हास्यकलाकार अपूर्व क्षितिज सिंहमाथि काठमाडौँ प्रहरी परिसर काठमाडौँमा उजुरी परेको थियो।
लामो समयको जेल भित्रिने-बाहिरिने सिलसिला तोड्दै काठमाडौँ जिल्ला अदालतले शुक्रबार सिंहलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ। ढिलै भए पनि आएको यो आदेशले अपूर्व र उनको परिवारका लागि तिहारको मुखमा थोरै भए पनि राहत दिलाएको हुनुपर्छ। 'थोरै' यसकारण कि यो उनको सम्भावित जटिल कानुनी लडाइँको अन्त्य होइन।
गएको बुधबार मात्रै सरकारी वकिलले जातीय भेदभाव तथा अपमानजनक व्यवहार, अपमानजनक वा अमानवीय व्यवहार, सामाजिक रीतिस्थितिमा खलल पुर्याएको र सार्वजनिक शान्ति खलल पुर्याएको भनी चारवटा अभियोग लगाएर रिट दर्ता गरेको छ। यसका साथै, उनलाई पाँच वर्ष कैद र मनासिब क्षतिपूर्ति भराउन पनि मागदाबी गरिएको छ।
अपूर्व पक्राउ परिरहँदा सामाजिक सञ्जालमा उनका पक्ष-विपक्षमा निकै बहस भए। उनीमाथि केही अतिवादी तत्त्वहरूले निकै अशोभनीय टिप्पणी गरे, गरिरहेका छन्। यहाँसम्म कि उनलाई प्रहरीले हिरासतमा लिइरहँदा केही 'अभियन्ता'हरूले निकै अभद्र व्यवहार पनि देखाए।
केपी शर्मा ओलीको सरकारको बेला हरेक यस्ता मिल्दाजुल्दा मुद्दाहरूमा अभिव्यक्ति स्वतन्त्रताको दुहाई दिँदै सडक, सदन र सञ्जाल तताउने गठबन्धनका धुरन्धर नेताहरू पनि अहिले चुनावको मुखमा राजधानीको जातीय राजनीतिक समीकरण 'मिलाउन' तैँ-चुप मैँ-चुप छन्, राजनीतिक चरित्रको पर्याय नै बनिसकेको विरोधाभासको आभास दिलाइरहेका छन्।
उकालो एक्स्क्लुसिभ: सरकारी जग्गामाथि व्यवसायी घरानाको कब्जा
व्यवसायीहरूले पैसा, राजनीतिक संरक्षण र ती दुई तत्त्वको समिश्रणबाट उत्पादित शक्तिको दुरुपयोग गरेर आर्थिक घोटाला गरेका, सरकारी सम्पत्ति आफ्नो नाममा गरेका उदाहरण विश्वभर पाइन्छन्। नेपालमा पनि त्यस्ता कैयन् किस्सा यदाकदा चर्चामा आइरहन्छन्, कति गुपचुपै रहन्छन्।
एमाले हुँदै कांग्रेसमा पसेर संविधानसभा सदस्य र सांसद बनेका, आउँदो निर्वाचनमा नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका विनोद चौधरी अध्यक्ष रहेको सीजी ग्रुपले चाँदबाग स्कुल चलाइरहेको १० रोपनी जग्गा बाँसबारी छाला तथा जुत्ता कारखानाबाट ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ले कसरी कब्जा गर्यो? दरबारदेखि प्रधानमन्त्री, मन्त्री, नेता र कर्मचारीसम्मलाई ‘मिलाएर’ गरिएको सरकारी सम्पत्ति कब्जाबारे एक्स्क्लुसिभ रिपोर्ट आजै मात्र ukaalo.com मा प्रकाशित भएको छ।
यसबारे बिस्तृत जानकारी पाउन हेर्नुहोस् दिपा दाहालको यो रिपोर्ट: बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रुपले यसरी गर्यो कब्जा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
