गुस्टोलाई अनुबन्ध गरेको चेल्सीले अर्जेन्टिनाका सेन्टर मिडफिल्डर एन्जो फर्नान्डेजलाई भित्र्याउने तयारी गरेको छ।
काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा यस सिजन खराब लयमा रहेको चेल्सीले खेलाडी अनुबन्धलाई तीव्रता दिएको छ। फ्रेन्च लिग वानको क्लब लियोनका डिफेन्डर मालो गुस्टोलाई आइतबार अनुबन्ध गरेको चेल्सीले विश्वविजेता अर्जेन्टिनाका सेन्टर मिडफिल्डर एन्जो फर्नान्डेजलाई अनुबन्ध गर्ने तयारी गरेको छ।
१९ वर्षीय गुस्टोलाई चेल्सीले ३५ मिलियन युरोमा अनुबन्ध गरेको हो। चेल्सी र गुस्टोबीच सन् २०३० सम्मका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। तर, चेल्सीमा अनुबन्ध भए पनि गुस्टोले यस सिजन लायनकै लागि खेल्ने छन्।
गुस्टो यो जनवरी विन्डोमा चेल्सी भित्रने सातौँ खेलाडी हुन्। यसअघि चेल्सीले जाओ फेलिक्स, एन्ड्रे सान्तोस, बेनोइट बाडियाशिले, डेभिड डाट्रो फोफाना, मिखाइलो मुड्रिक र नोनी माडुकेलाई अनुबन्ध गरेको थियो। यद्यपि, चेल्सीले जनवरीमा मिडफिल्डर एन्जोलाई पनि अनुबन्ध गर्ने प्रयास गरेको छ।
२२ वर्षीय एन्जोलाई चेल्सीले पोर्चुगिज क्लब बेन्फिकाबाट भित्र्याउने तयारी गरेको हो। चेल्सीले एन्जो अनुबन्धका लागि बेन्फिकासँग कुराकानी अघि बढाएको स्काइ स्पोर्ट्सले जनाएको छ।
सन् २०२२ मा रिभर प्लेटबाट बेन्फिका आएका एन्जोले क्लब छाड्ने योजना बनाएका छन्। बेन्फिका भने एन्जोलाई क्लबमै राख्न इच्छुक देखिएको छ। बेन्फिकाका लागि उनले २९ खेलमा ४ गोल र ७ पटक गोलका लागि अवसर सिर्जना गरेका छन्।
अर्जेन्टिनाका लागि १० खेलमा उनले १ गोल गरेका छन्। कतार विश्वकप २०२२ मा एन्जोले अर्जेन्टिनाका लागि गोल गरेका थिए। उनी उत्कृष्ट युवा खेलाडी चुनिएका थिए। इंग्लिस प्रिमियर लिगका २० खेल खेलेको चेल्सीले ८ जित, ५ बराबरी र ७ हारसहित २९ अंक जोडेको छ। चेल्सी अंक तालिकाको १०औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
