प्रधानमन्त्री दाहालसहित शीर्ष नेताहरूसँगको भेटमा नेपालमा अमेरिकी लगानी भित्राउने प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेलगायतका विषयमा कुराकानी गरेको उपविदेशमन्त्री नुल्यान्डले बताएकी छन्।
काठमाडौँ– अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले भ्रष्टाचार निर्मूल पार्न नेपाल र अमेरिकाले मिलेर काम गर्नुपर्ने बताएकी छिन्।
नेपालको मात्र नभई भ्रष्टाचार अमेरिकासहित विभिन्न देशको समस्या रहेकाले नियन्त्रणका लागि निरन्तर रूपमा मिलेर गर्नुपर्ने विषयमा नेताहरूसँग कुराकानी गरेको बताइन्। यस्तै, विश्वभर निरंकुशता मौलाएको बताउँदै नुल्यान्डले नेपालमा परिस्थिति त्यस्तो नरहेकाले अमेरिका–नेपाल सम्बन्ध झनै प्रगाढ बनिरहेको समेत बताइन्।
नेपालमा दुई दिने भ्रमणको दोस्रो दिन सोमबार ललितपुरको पाटन दरबार स्क्वायरमा दिउँसो पत्रकार सम्मेलन गर्दै नुल्यान्डले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिनेमा जोड दिइन्।
नेपालको शिक्षा, स्वास्थ्य, हाइड्रोपावर, हरित ऊर्जा, साना तथा ठूला उद्योगसहित विभिन्न परियोजनामा गर्दै आएको लगानी र साझेदारी कायम राख्नेमा उनको जोड थियो। आगामी पाँच वर्षभित्र नेपालका विविध क्षेत्रमा अमेरिकाले अर्बौँ डलर बराबरको लगानी गर्ने योजना बनाइरहेको उनले बताइन्।
नेपालको आर्थिक विकासका लागि अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिनेमा उनले प्रतिबद्धता जनाइन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग भेटका क्रममा उनले नेपालमा संक्रमणकालीन न्यायको प्रक्रियालाई टुंगो लगाउने विषयमा नेपाल सरकारको योजना, नेपालमा अमेरिकी लगानी भित्राउने प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेसहितका विषयमा कुराकानी गरेको बताइन्।
साथै, उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाभित्र विशेष गरी हरित ऊर्जा सम्बन्धमा आर्थिक सहायता जुटाउने विषयमा नेताहरूसँग कुराकानी भएको सुनाइन्।
एमसीसी र अमेरिकी–चीनबीच शत्रुतापूर्ण सम्बन्धबारे सञ्चारकर्मीले राखेको प्रश्नमा उपविदेशमन्त्री नुल्यान्डले एमसीसी पारदर्शी र स्पष्ट परियोजना भएकाले शंका नगर्न आग्रह गरिन्।
नेपालीको आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गर्न महत्त्वपूर्ण परियोजना भएकाले एमसीसी नेपालीको समृद्धि र प्रजातन्त्रको पक्षमा रहेको र यसले नेपालको सार्वभौमिकतामा कुनै हानि नगर्ने बताइन्।
नेपालीको समृद्धिबाहेक अर्को स्वार्थ नरहेको दोहोर्याउँदै उनले एमसीसीमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्नेमा पनि जोड दिइन्।
यता, भारतसँग अमेरिकाको सम्बन्ध अत्यन्त मजबुत रहेको बताउँदै नुल्यान्डले चीनसँग पनि सम्बन्ध सुधारको प्रयास जारी रहेको बताइन्।
यसैबीच, नेपालमा हालै भएको साइबर आक्रमणको घटना स्मरण गराउँदै नुल्यान्डले साइबर आक्रमण रोक्न सरकारलाई सहयोग आवश्यक परे अमेरिका तयार रहेका भन्दै ध्यानाकर्षणसमेत गराइन्। जर्मनी, जापान र अमेरिका विशेष प्राविधिकहरू बोलाएर साइबार आक्रमणविरुद्ध काम गर्न सकिने उनको भनाइ छ।
नेपाल, भारत, श्रीलंका र कतारको साताव्यापी भ्रमणमा निस्किएकी नुल्यान्ड आइतबार नेपाल आएकी हुन्। उनी सोमबार नै भारत भ्रमणमा निस्किएकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
