पोखरा महानगरपालिकाले सूचनामार्फत मुख्य स्थानका सडक छेउमा माघ २३ देखि पूर्णरूपमा पार्किङ निषेध गरेको जनाएको छ।
लेखनाथ– पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ।
पोखरा महानगरपालिकाले सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गरेको जनाएको हो। महानगरले मुख्य शहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, बीपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार र पृथ्वीचोक सडकखण्डमा माघ २३ देखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो।
"मुख्य शहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर हुनुका साथै शहरी सौन्दर्यीकरणमा पनि असर परेकाले व्यस्त सडकमा पार्किङ निषेध गरेका हौँ", पोखरा महानगरका प्रमुख धनराज आचार्यले भने।
‘अन्डरग्राउन्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्म्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेबापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ। तोकिएका क्षेत्रमा मात्र ‘पार्किङ’ गर्न सम्पूर्ण सरोकारवालामा महानगरको आग्रह छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
