मजदुर, किसान र सर्वसाधारणले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको एकीकृत समाजवादीको ज्ञापनपत्रमा उल्लेख छ।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ।
मंगलबार बिहान बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको भन्दै ज्ञापन पत्र बुझाएका हुन्। मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको ज्ञापनपत्रमा उल्लेख छ।
“राजश्वले नियमित खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको छ। बैंकको ब्याज चर्को भएका कारण ऋण लिएर कारोबार गर्ने अधिकांश साना र मझौला व्यवसायी संकटमा छन्। ऋणको ब्याज तिर्न नसकेर दैनिकजसो किसान तथा साना व्यवसायी आत्महत्या गर्न बाध्य छन्”, ज्ञापनपत्रमा भनिएको छ, “यो संकट समाधानका लागि सरकारले तत्काल कदम चाल्न आवश्यक छ।”
एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन पनि माग गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
