पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा प्रार्थनाको समयमा भएको विस्फोटमा परी ८३ जनाको मृत्यु भएको छ।
पाकिस्तानको पेशावरस्थित मस्जिदमा सोमबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ।
विस्फोटमा परी मस्जिदको भवनको छत पूर्ण रूपमा भत्किएको र त्यहाँ पुरिएकाहरूको खोजी र उद्धार कार्य जारी नै रहेको उद्धारकर्ता प्रमुख बिलाल फैजीलाई उद्धृत गर्दै एपी न्युजले लेखेको छ। नजिकै सरकारी कार्यालयहरू रहेको त्यस क्षेत्रमा उच्च सुरक्षा घेराकाबीच कसरी यति ठूलो आक्रमण सम्भव भयो भन्ने विषय नखुलेको उनले बताए।
तेहरिक–ए–तालिबान पाकिस्तान प्रमुखले ट्विटरमार्फत घटनाको जिम्मा लिए पनि तालिबान प्रवक्ता मोहम्मद खुरासनीले आक्रमणमा आफूहरूको संलग्नता नभएको बताएका छन्। मस्जिद, धार्मिक स्थल तथा सभा गोष्ठीहरूमा विस्फोट गराउने नीति टीटीपीको नभएको भन्दै उनले यसमा टीटीपीका कार्यकर्ता संलग्न भएको पाइए उनीहरू आफ्नो नीति अनुसार कारबाहीमा पर्ने बताएको एपी न्युजले लेखेको छ। तर विस्फोटमा टीटीपीका कमान्डरले किन घटनाको जिम्मा लिए भन्नेबारे उनले खुलाएनन्।
पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले घटना घृणित र निन्दनीय भएको भन्दै दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्। साथै, उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। राष्ट्रपति अल्भीले आंतकवादलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताएका छन्।
यस्तै, प्रधानमन्त्री शेहवाज शरीफले घटनास्थलको अवलोकनका क्रममा यस घृणित कार्यलाई शब्दमा बयान गर्न नसकिने भन्दै यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्। साथै, पीडित परिवारमा समवेदना व्यक्त गरे।
सुन्नी मुसलमान समुदायको बाहुल्य रहेको पाकिस्तानमा गत नोभेम्बरदेखि विस्फोट र आक्रमणका घटना बढिरहेका छन्। यस्तै, पाकिस्तानी तालिबानले सरकारसँग भएको युद्ध विरामको अन्त्य गरेको छ।
यसै महिनाको शुरूआतमा पनि पाकिस्तानी तालिबानले दुई जना सरकारी गुप्तचर अधिकारीलाई गोली हानी हत्या गरेको दाबी गरेको थियो।
सन् २०१५ देखि सशस्त्र द्वन्द्वमा होमिएको टीटीपीले कडा इस्लामिक कानून लागू गर्नुपर्ने र पाकिस्तान सरकारको नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ताको रिहाइ गर्नुपर्ने मागसहित हिंसात्मक गतिविधिमा उत्रिएको छ।
प्रहरीको निगरानी रहने सुन्नी मस्जिदमा भएको सोमबारको विस्फोट भने पछिल्लो वर्षहरूकै सबैभन्दा भयानक हो। मस्जिदमा ३०० जनाभन्दा बढी भक्तजनले प्रार्थना गरिरहेका बेला एक व्यक्तिले आत्मघाती विस्फोट गराउँदा मस्जिदको छत खसेको र धेरै जना घाइते भएको स्थानीय प्रहरी अधिकारी जफर खानले बताए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस, इस्लामावादस्थित साउदी अरबको दूतावास, अमेरिकासहित विभिन्न देश निकायले सोमबारको घटनाको निन्दा गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
