प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको बताउँदै मिडियालाई सेवामूलक उद्योगको मान्यता दिने बताएका छन्।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिई संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताएका छन्।
मंगलबार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिई संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन्।
उनले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको बताए। उनले आम सञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने पनि उल्लेख गरे।
प्रधानमन्त्री दाहालले सरकार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न प्रतिबद्ध रहेको बताए। उनले पत्रकार र सञ्चारमाध्यमहरूको पेसागत र भौतिक सुरक्षाको प्रत्याभूति गरिने बताए।
त्यस्तै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बिमाको व्यवस्था गरिने पनि उहाँले उल्लेख गरे।
उनले भने, “सञ्चार माध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको छ।”
प्रधानमन्त्री दाहालले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गरिने र सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वको रूपमा स्थापित गरिने बताए।
उनले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारण गरेर अगाडी बढेको उल्लेख गरे । लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, अर्थतन्त्रको सुधार र जनसेवा सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारको कार्यभारलाई व्यवस्थित रूपले सम्प्रेषण गर्न आग्रह गरे ।
उनले भने, “चुनौतीपूर्ण परिस्थितिमा गठन भएको मेरो नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका तिन प्राथमिकता निर्धारण गरी अगाडी बढिरहेको छ। लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयन, चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा सुधार एवं जनसेवा र जनजीविकाको क्षेत्रमा प्रभावकारी कार्य सम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार हो भन्ने मेरो विश्वास छ।”
प्रधानमन्त्री दाहालले सूचना तथा समाचार सम्प्रेषणमा नेपाल टेलिभिजनले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै प्रशंसा गरे। उनले नेपाल टेलिभिजन सबै समुदायको अपनत्व हुने गरी अगाडी बढेको बताए।
त्यस्तै राज्य प्रणालीमा परिवर्तन भएअनुरूप नेपाल टेलिभिजनले पनि आफूलाई रूपान्तरण गर्दै जानु सह्रानीय काम भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
