माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एमाले सहितका सबै दलहरूको सहमतिका आधारमा नै राष्ट्रपतिको चयन हुने बताएका छन्।
काठमाडौँ– राष्ट्रपति निर्वाचन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्रले नेकपा एमालेसहित सबै दलको सहमति खोज्ने बताएको छ।
मंगलबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपाध्यक्षसमेत रहेका प्रवक्ता कृष्णबहादुर महराले यस्तो जानकारी दिएका हुन्।
“राष्ट्रिय सहमति भनेको एमाले सहितका सबै दलको सहभागितामा हुनुपर्छ भनिएको हो। कसैलाई बाहिर राखेर होइन”, उनले भने, “अहिले नै को हुन्छ भन्न सकिँदैन। जो पनि हुन सक्छ। निर्वाचन आउन अझै एक महिना बाँकी छ।”
माओवादीले राष्ट्रिय सहमति भन्दा एमाले झस्किएको छ नि भन्ने प्रश्नमा महराले राष्ट्रपति जो भए पनि सहमतिका आधारमा नै चयन हुने र त्यो एमालेसहितको हुने प्रष्ट पारे।
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय गरेको छ। पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बनेको गठबन्धनअनुसार राष्ट्रपति एमालेको हुनुपर्ने अडानमा एमाले देखिएको छ। तर, माओवादीले परिस्थिति बदलिएको भन्दै राष्ट्रिय सहमतिको हुनुपर्ने बताउँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
