प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने, आगामी दिनमा सल्लाहअनुसार नै अघि बढ्ने बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गृह मन्त्रालयकै कारण गठबन्धन नटुटोस् भनेर आफूले कोशिश गरिरहेको बताएका छन्। पार्टी स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्।
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने भनेर रास्वपाले चेतावनी दिएको छ नि भन्ने प्रश्नमा उनले भने, “सकेसम्म गृह मन्त्रालयकै कारण गठबन्धन नटुटोस् भन्नेमा नै मेरो ध्यान छ।”
उनले गृह मन्त्रालयका विषयमा के गर्ने भन्ने विषयमा आफूले सल्लाह गरिरहेको भन्दै सर्वोच्चको पूर्णपाठ नआउन्जेल कुर्नुपर्ने सुझाव पनि आएकाले त्यसतर्फ आफूले सोचेको बताए।
उनले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने भन्दै सल्लाहअनुसार नै अघि बढ्ने बताए। मंगलबार रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय पुनः आफूले पाउनुपर्ने नभए सरकारबाट बाहिरिने चेतावनी दिएका थिए।
रास्वपाले सरकारबाट बाहिरिने चेतावनी दिएपछि दबाब महसुस गरेका प्रधानमन्त्रीले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल थालेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
