सात जना केन्द्रीय सदस्यहरूले कार्यसम्पादन समितिले राजीनामा दिएर नेपाल टी–२० लिगका दौरान भएका गल्तीको छानबिन गर्न सम्बन्धित निकायलाई सघाउनुपर्ने अडान राख्दै आएका छन्।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रीय सदस्यले बोर्ड बैठक बहिस्कार गरेका छन्। पोखरामा मंगलबार बैठक बसेलगत्तै अध्यक्ष चतुरबहादुर चन्द्रको राजीनामा माग गर्दै आफूहरूले बैठक बहिस्कार गरेको क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले जानकारी दिए।
"हामीले बैठक शुरू भएलगत्तै अध्यक्ष, कार्यसम्पादन समिति र नेपाल टी-२० लिगको गभर्निङ काउन्सिलका अध्यक्ष प्रशान्तविक्रम मल्लको राजीनामा माग्यौँ", उनले भने, "त्यसपछि बैठक अरू अजेन्डामा प्रवेश गरेन।"
अर्का केन्दीय सदस्य दाउद अन्सारीले पनि बैठक बहिस्कार गरेको पुष्टि गरे। "सात जनाले अभ्यक्षसमेत पाँच जना रहेको कार्यसम्पादन समितिको राजीनामाको मागसहितको लिखित पत्र अध्यक्षलाई बुझायौँ", उनले भने, "पत्रकार सम्मेलन गरेर सार्वजनिक रूपमै हामीले उहाँहरूको राजीनामा माग गरेका हौँ। यसरी राजीनामा माग गरेको अध्यक्षको अध्यक्षतामा बैठक बस्न नैतिकताले दिँदैन।"
विवादबीच गत माहिना सम्पन्न नेपाल टी–२० लिगको मुख्य साझेदारका रूपमा भारतीय कम्पनी सेभेन थ्री स्पोट्ससँग सम्झौतालगायतका महत्त्वपूर्ण निर्णयमा एकलौटी निर्णय गरेको भन्दै गौतम र अन्सारीसहित छुम्बी लामा, धर्मराज गिरी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री र अमितवीर पाण्डे रूष्ट बनेका छन्।
उनीहरूले माघ १५ गते पत्रकार सम्मेलन गर्दै क्यान अध्यक्ष चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेका थिए। उनीहरूले कार्यसम्पादन समितिले राजीनामा दिएर नेपाल टी–२० लिगका दौरान भएका गल्तीको छानबिन गर्न सम्बन्धित निकायलाई सघाउनुपर्ने अडान राख्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
