पूर्वकानूनमन्त्री माधव पौडेलले युवाहरूलाई आकर्षित गर्न प्रतिनिधिसभा सदस्य बन्ने पाउने उमेर २५ बाट घटाएर १८ वा २० वर्षमा ल्याउनुपर्ने बताएका छन्।
काठमाडौँ– पूर्वकानूनमन्त्री माधव पौडेलले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न योग्य उमेरलाई घटाएर १८ वा २० वर्षमा झार्नुपर्ने प्रस्ताव गरेका छन्। बुधवार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने बताएका हुन्।
उनले नेपालमा पुरातनवादी परम्परालाई पछ्याएका कारण प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर २५ वर्षमै यथावत् रहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताए। उनले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने मान्यतालाई हटाएर नयाँ समयअनुसार परिवर्तन हुन सक्नुपर्ने बताए।
"२५ वर्ष जुन प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि तोकिएको छ, यो १८औँ शताब्दीको कुरा हो, संसार कहाँ पुगिसक्यो, अमेरिका फ्रान्समा १९/२० वर्षका मानिसहरू मेयर भइरहेका छन्, हाम्रो नेपालमा २५ वर्ष पुग्नैपर्ने के छ?" उनले भने "युवाहरूलाई आकर्षित गर्न पनि २५ बाट घटाएर १८ वा २० वर्षमा ल्याउनुपर्छ।"
पूर्वमन्त्री पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन नै ऐनमा तोकेर राख्न आवश्यक रहेको बताए। उनले विद्युतीय निर्वाचनलाई शुरुआत गर्नुपर्ने र निर्वाचन खर्चलाई कम गराउन आवश्यक रहेको भनाइ राखे। उनले अहिले राजनीतिक दलबाट प्रयोग भइरहेको समानुपातिक निर्वाचन प्रणाली विकृत रूपमा प्रयोग गरिरहेको भन्दै चिन्ता व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
