प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयक तत्काल संसद्मा पेस गर्न निर्देशन दिएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयकहरू तत्काल संसद्मा पेस गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री दाहालले माघ १६ गतेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सो निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिएको हो।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले संसद्लाई बिजनेस दिने सन्दर्भमा प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारे।
“भर्खरै हामीले सम्पन्न गरेको क्याबिनेट बैठकमा संसद्लाई बिजनेस दिने सन्दर्भमा आ–आफ्नो मन्त्रालयमा परेको विधेयकलाई तपाईंहरूले छिटोभन्दा छिटो पठाउनु भनेर प्रधानमन्त्रीले निर्देशन गर्नु भएको छ। त्यसमा हामी सबै लागि राखेका छौँ“, उनले भने।
मन्त्री किराँतीले सो सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरूबीच छलफल गरिएको उल्लेख गरे।
“प्रधानमन्त्री कार्यालयमा खासखास मन्त्रालय र मन्त्रालयका सचिवहरूको बैठक बसेर सो विषयमा छलफल गरिएको छ। रोकिएको विधेयकलाई छिट्टै अघि बढाउनुहोस् भन्नु भएको छ“, उनले भने।
मन्त्री किराँतीले संसद्लाई बिजनेससमेत दिनुपर्ने भएकाले सबै मन्त्रालयहरूले आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयकलाई अघि बढाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
