भद्रपुर–सलकपुर सडक कालोपत्र दुई वर्षभित्र सक्ने गरी कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा ठेक्का सम्झौता गरेको हो।
झापा– झापाको भद्रपुरदेखि इलामको सलकपुर सडक कालोपत्र गर्न ढिलाइ भएको छ। काम शुरू भएको डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको हो।
कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार शाहका अनुसार प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको २६ करोड ६९ लाख लागतमा भद्रपुर–सलकपुर सडक कालोपत्र गर्न थालिएको हो। “सडकको हालसम्मको वित्तीय प्रगति छ प्रतिशत मात्र भएको छ”, उनले भने, “जुन गतिमा काम हुनुपर्ने हो त्यो हुन सकेको छैन।”
निर्माण व्यवसायीलाई काम छिटो गर्न ताकेता गरिरहेको उनको भनाइ छ। निन्दा पुलदेखि इँटाभट्टासम्म १० दशमलव ३६० किलोमिटर, इँटाभट्टा दोकानडाँडादेखि निन्दा सिरानसम्म १० दशमलव ४३० किलोमिटर कालोपत्र गर्ने योजनासहित सडकको ठेक्का लागेको हो। मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले तोकिएको समयमा निर्माण सम्पन्न गर्न ठेकेदारलाई खबरदारी गर्नुपर्ने बताइन्।
सडक निर्माणसँगै इलामका पर्यटकीयस्थल झण्डीडाँडा, कन्याम, सलकपुरलगायतका क्षेत्रमा पुग्न सजिलो हुने र दूरीसमेत छोटो हुने भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
