संयुक्त बैठकमा रास्वपाले सरकारमा बस्ने कि नबस्ने भनेर निर्णय गर्ने प्रवक्ता ढकालले बताए।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। रास्वपाले बिहीबार साढे चार बजे पार्टी कार्यालय बसुन्धरामा संयुक्त बैठक बोलाएको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
संयुक्त बैठकमा रास्वपाले सरकारमा बस्ने कि नबस्ने भनेर निर्णय गर्ने प्रवक्ता ढकालले बताए। “अब पार्टीलाई कसरी अगाडि बढाउने भनेर आज हामी छलफल गर्दै छौँ,” ढकालले उकालोसँग भने, “पछिल्लो राजनीतिक अवस्थाबारे आवश्यक निर्णय लिन्छौँ र सँगै सरकारमा बस्ने की नबस्ने पनि निर्णय गर्छौँ।”
रास्वपा सभापति रवि लामिछाने पनि केहीबेर पहिला आफू अब मौन नबस्ने भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्। सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन्।
उनले लखेका छन्, “अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।”
शुक्रबार सर्वोच्च अदालतको आदेशपछि पार्टी सभापति लामिछानेको सांसद पद खारेज भएको छ। उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त पनि भइसकेका छन्। आफ्नो पार्टीको भागमा परेको गृह मन्त्रालयमा पुनः पाउनुपर्ने भन्दै अडान राखिरहेको रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएको छ।
रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार बैठकले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आवश्यक निर्णय लिने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
