सरकारमा रहने/नरहनेबारे छलफल गर्न वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने/नरहनेबारे छलफल गर्दै छ। वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिले बसिरहेको हो।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने वा के गर्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ। संयुक्त बैठकमा रास्वपाले सरकारमा बस्ने कि नबस्ने भनेर निर्णय गर्ने प्रवक्ता मुकुद ढकालले बताएका छन्। ढकालले उकालोसँग भने, “पछिल्लो राजनीतिक अवस्थाबारे आवश्यक निर्णय लिन्छौँ र सँगै सरकारमा बस्ने की नबस्ने पनि निर्णय गर्छौँ।”

केही केन्द्रीय सदस्य र सांसद भने अहिले नै सरकारबाट बाहिरिन नहुने पक्षमा छन् भने बहुमत नेताहरू पार्टी सभापतिकै पक्षमा देखिएका छन्। सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत सरकारबाट बाहिरिने संकेत दिइसकेका छन्। यद्यपि, केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यसबारेमा निर्णय लिन लागेको हो।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
