प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरेका छन्।
काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट नबाहिरिने दाबी गरेका छन्।
स्थायी कमिटीको बैठकपश्चात् पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले रास्वपा सरकारबाट नबाहिरिने दाबी गरेका हुन्।
“उहाँहरूले सरकारलाई दिएको समर्थन फिर्ता पनि लिनुहुन्न। सरकारबाट बाहिरिनु पनि हुन्न। केही हुन्न,” प्रधानमन्त्री दाहालले भने।
प्रधानमन्त्री दाहालले यसअघि सर्वोच्च अदालतबाट रास्वपाका सभापति रवि लामिछानेको मुद्दाको विषयमा फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयका बारेमा कुनै निर्णय नलिने बताएका थिए।
प्रधानमन्त्री दाहालले गृह मन्त्रालयबारे निर्णय नदिएपछि रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक राखेर आगामी रणनीतिबारे छलफल गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
