छानबिन समितिले काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले महिला प्रहरीमाथि शारीरिक हिंसा नगरेको ठहर गरेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न बनेको समितिले उनले महिला प्रहरीमाथि शारीरिक हिंसा नगरेको ठहर गरेको छ।
महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार छानबिन समितिले बुझाएको प्रतिवेदनको समीक्षा भइरहेको छ। "प्रतिवेदनमा शारीरिक हिंसा नभए पनि मानसिक यातना हुने गरी गालीगलौज गरिएको उल्लेख छ", उनले भने, "प्रतिवेदनका विषयमा समीक्षा भइरहेको छ।"
नगरप्रहरी हवल्दार गंगा उप्रेतीले नगरप्रहरी प्रमुख पाण्डेले आफूमाथि लैंगिक हिंसा गरेको भन्दै निवेदन दिएकी थिइन्।
काठमाडौँ महानगरको न्यायिक समितिले ८ पुसमा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलको नेतृत्वमा तीन सदस्यीय छनबिन समिति गठन गरेको थियो।
छानबिन समितिको सदस्यमा सहरी विकास योजनाको उपनिर्देशक कुमारी राई र न्यायिक प्रशासन विभागकी सुमित्रा लामिछाने रहेका थिए।
यो पनि : जेल सजाय हुने कसुरमा मुछिएका पाण्डेलाई ‘महानगर गौरव’ पदक, कसको आडले लिँदैछन् कानून हातमा?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
