उपमहासचिव जगन्नाथ खतिवडाले राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद्का विषयलाई समेटिएको बताए।
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले माघ २१ र २२ गते हुन लागेको केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको बताएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको र प्रतिवेदनलाई पुनः परिमार्जन गरी केन्द्रीय कमिटीमा पेस गर्ने बताए। उनले प्रतिवेदनलाई थप परिस्कृत बनाउन बैठक बसेको बताए।
उनले राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद्का विषयलाई समेटिएको बताए। "राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद् यी सबै विषयमा धेरथोर छलफल गरिएको छ, संगठन निर्माण, व्यवस्थित, पुनः गठन गर्ने, क्रमशः अब हाम्रो पार्टीलाई बिस्तारै सबै जिल्लादेखि तल र माथिसम्मका कमिटीहरूलाई बिस्तार गर्ने कार्ययोजना बनाइरहेका छौँ," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
