२०६३ सालमा ट्र्याक खुलेको यो सडकको स्तरोन्नतिका लागि संघीय सरकारले तीन करोड रूपैयाँ बजेट विनियोजन गरको छ।
बाग्लुङ– बाग्लुङको गलकोट नगरपालिका–७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ। सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो। अब यो सडक बर्खाको समयमा पनि चल्नेछ।
सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरू भएको छ। मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि स्थानीय खुसी भएका छन्। ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो। यो सडकको २०६३ सालमा ट्र्याक खुलेको थियो। संघीय सरकारले विनियोजन गरेको तीन करोड रूपैयाँ बजेटबाट अहिले सडक स्तरोन्नति गर्न थालिएको हो।
सडक स्तरोन्नतिका लागि जागृति निर्माण सेवाले एक करोड ६३ लाख रूपैयाँ जिम्मा लिएको सडक डिभिजन कार्यालय बागलुङका सब-इन्जिनियर विजय शर्माले जानकारी दिए। निर्माण कम्पनीले सडक डिभिजन कार्यालय बाग्लुङसँग सम्झौता गरेर काम थालेको उनले बताए। अहिलेदेखि नै काम सुरू भएको भन्दै इञ्जिनीयर शर्माले माघ महिनासम्म स्तरोन्नतिको कार्य सम्पन्न हुने बताए।
“सडक स्तरोन्नतिका लागि सम्झौता भएर काम सुरू भएको छ, निर्माण कम्पनीले तीव्ररूपमा काम गरेको छ, माघ महिनासम्म सक्नेगरी सम्झौता भएको छ”, इञ्जिनीयर शर्माले भने, “ग्रामीण सडक हो, अलिकति अप्ठ्यारो पनि रहेछ, निर्माण कम्पनीले एक करोड ६३ लाख रूपैयाँमा सम्झौता गरेको छ, माघमै काम सक्छौँ भनेको छ।” उनले यसपटक सडकलाई नौ मिटर चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गरिने बताए। सडकको केही खण्डमा निकै अप्ठ्यारो रहेकाले पुरानो रूट परिवर्तन गरी नयाँ खोल्नुपर्ने उनको भनाइ छ।अहिले तीन किलोमिटर सडक स्तरोन्नति गर्ने तयारी भइरहेको उनले बताए। “सडक निकै साँघुरो छ, यसलाई नौ मिटर चौडा गर्नुपर्नेछ, सडक तलदेखि वाल उठाउने र नाली निर्माण गर्ने काम पनि हुनेछ। केही ठाउँ अप्ठ्यारो भएको हुँदा ५०० मिटरजति सडकको रूट नै परिवर्तन गरी नयाँ खोल्नुपर्नेछ” उनले बताए।
सडकको स्तरोन्नति नहुँदा यात्रू जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गलकोट नगरपालिका–७ मल्मकी स्थानीय ललिता थापाले बताइन्। निकै साँघुरो र खाल्डाखुल्डी भएको सडकका कारण दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ। “यो सडक खुलेको धेरै वर्ष भयो अहिलेसम्म साँघुरो छ, स्तरोन्नति हुन सकेको थिएन,अब हुन्छभन्दा निकै खुसी लागेको छ। स्तरोन्नतिपछि यात्रा र सामान ढुवानी सहज हुनेछ,” उनले बताइन्। बर्खामा गाडी नचल्दा गाउँलेले सामान बोकेर उपभोग गर्नुपरेको गुनासो गर्ने उनी चाँडै समस्याको समाधान अपेक्षा गर्छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
