स्पेनिस ला लिगा : रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित

रियल मड्रिड १९ खेलबाट ४५ अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा छ। 

तस्वीर : रियल मड्रिड

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियल भ्यालेन्सियाविरुद्ध २–० गोलले विजयी भयो। खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। रियलका लागि ५२औँ मिनेटमा मार्को एसेन्सियो र ५४औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए। जितसँगै रियलले शीर्षस्थानमा रहेको बार्सिलोनासँग अंक दूरी छोट्याएको छ।

बार्सिलोना १९ खेलबाट ५० अंक बनाउँदै तालिकाको शीर्षस्थानमा छ। समान खेलबाट ४५ अंक बनाएको रियल दोस्रो स्थानमा छ। भ्यालेन्सिया २० अंकसहित १४औँ स्थानमा छ।