कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुति दिने भएका छन्।
काठमाडौँ– फागुन ९ गते मंगलबार काठमाडौँको दशरथ रंगशालामा सांगीतिक कार्यक्रम ‘नेभरल्यान्ड कन्सर्ट २०२३’ हुने भएको छ। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो।
कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुति दिने भएका छन्। आयोजक आई लाइभ नेपालले नेभरल्यान्ड कन्सर्ट गीत, संगीत मन पराउनेहरूका लागि एक अनौठो महसुस गर्ने ठाउँ बनोस् भन्ने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार समेटेर आयोजना गर्न लागेको जनाएको छ।
आई लाइभ नेपालका प्रवक्ता रविन्द्र कार्कीले कार्यक्रमले नेपालको गीत संगीतलाई माथि लैजान सहयोग पुग्ने र नेपालमा सांगीतिक पर्यटनको विकासमा पनि सहयोग पुर्याउने अपेक्षा राखेको बताए। नेभरल्यान्ड कन्सर्ट नेपाली समाजमा नयाँ र प्रभावकारी हुनेमा विश्वस्त रहेको पनि बताए। नेभरल्यान्ड कन्सर्ट अगाडि आयोजकले क्लब बिटसमेत राखेको छ।
रोड टु नेभरल्यान्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरीमा नेपाली गायक नवीन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीमा सिक्किमका र्यापर यूएन्डबी क्लब प्लाटिनममा प्रस्तुत हुने छन्। ग्ल्याबो ल्होछारको अवसर पारेर आयोजना हुन लागेको ‘नेभरल्यान्ड कन्सर्ट’ को सुरक्षाका लागि ३०० बाउन्सर खटिने प्रवक्ता कार्कीले बताए।
पाँच सयदेखि २५ हजारसम्मको टिकट रहेको कार्यक्रमको टिकट खल्ती एपबाट काट्न सकिने उनले बताए। नेभरल्यान्ड कन्सर्टका लागि स्टेज तथा म्युजिक सिस्टम भारतबाट मगाइएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
