दाङको तुलसीपुर उपमहानगरपालिका–११ ले गरिब परिवारको पहिचान गरेर प्रतिपरिवार पाँच कट्ठाका दरले जग्गा दिने योजना ल्याएको छ।
दाङ– तुलसीपुर उपमहानगरपालिका–११ ले वडाका गरिब परिवारलाई जग्गा दिने भएको छ। छ महिनासम्म खान नपुग्ने गरिब घरपरिवार पहिचान गरी प्रत्येक परिवारलाई पाँच कट्ठाका दरले जग्गा दिने योजना ल्याएको हो।
वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा खाली जग्गा लिजमा लिएर किसानलाई उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए। “हाम्रो वडामा खेती किसानी गरेर जीवन निर्वाह गर्ने समुदाय धेरै हुनुहुन्छ,” उनले भने, “उहाँहरूको जीवन निर्वाहका लागि यो योजना अघि बढाएका हौँ।” त्यसका लागि सूचनासमेत प्रकाशन गरिएको छ।
फागुन महिनासम्म सूचना आह्वान गरिएको र त्यसपछि गरिब घरपरिवार तथा बेरोजगारको मूल्यांकन गरेर जग्गा दिने उनले बताए। “प्रत्येकलाई पाँच कट्ठा जग्गा नि: शुल्क दिन्छौँ। त्यो जग्गामा फलफूल तथा तरकारी खेती गर्नुपर्नेछ। उत्पादन भएको तरकारी बजारीकरण गर्ने जिम्मा पनि वडाले लिन्छ,” उनले भने। किसानले बीउ र मलमा पनि सहयोग पाउने रावतले बताए।
त्यहाँ करिब २० बिघा क्षेत्रफलमा सिँचाइ गर्न जलाशय निर्माण भएको र त्यसलाई लिफ्टमार्फत खेतमा पुर्याउने वडाको तयारी छ। ३० लाख रुपैयाँ लागतमा जलाशय निर्माण गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
