बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाएपछि काठमाडौँमा क्यानविरुद्ध विरोध प्रदर्शन गरिएको छ।
काठमाडौँ– नाबालिगमाथि बलात्कार गरेको अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समेटेको भन्दै नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध विरोध प्रदर्शन गरिएको छ। शनिबार माइतीघर मण्डलमा महिला अधिकारकर्मी र विभिन्न संघ–संस्थाहरूले अभियुक्त लामिछानेको निलम्बन फुकुवादेखि राष्ट्रिय टिमसम्मको प्रवेशमा सरकार र प्रतिपक्षी दल मौन बसेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले ‘उता फिक्सिङ गराउने, यता आरोपितलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद’, ‘पीडितलाई लात, बलात्कार आरोपितलाई साथ?’, ‘मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन’ ‘अभियुक्त रमाउँदै, पीडित डराउँदै’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए। उनीहरूले क्यानले बलात्कार अभियुक्त लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएपछि विरोध प्रदर्शन गरेका हुन्।

बलात्कारको अभियोग खेपिरहेका लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर, उच्च अदालत पाटनको आदेशबाट धरौटीमा रिहा भएपछि क्यानले गत मंगलबार अभियुक्त लामिछानेको निलम्बन फुकुवा गरेको थियो। बलात्कारको आरोपमा उजुरी परेलगत्तै क्यानले लामिछानेलाई राष्ट्रिय टिमको कप्तानी खोस्दै निलम्बन गर्ने निर्णय गरेको थियो।निलम्बन फुकुवालगत्तै क्यानले उनलाई राष्ट्रिय टिममा समावेश गरी प्रशिक्षणमा राखेको छ। क्यानको सो निर्णयको अहिले आलोचना भइरहेको छ।

क्यानले लामिछानेलाई समेट्दै विश्व क्रिकेट लिग डिभिजन टुअन्तर्गत नेपालमा हुने नामिबिया र स्कटल्यान्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो। लामिछाने शुक्रबारबाट नियमित अभ्यासमा छन्।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
